इजरायली प्रधानमन्त्रीले गठन गरे युद्ध मन्त्रिपरिषद् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

इजरायली प्रधानमन्त्रीले गठन गरे युद्ध मन्त्रिपरिषद्

एजेन्सी, २५ असोज । इजरायल र हमास युद्धको आज छैटौं दिन हो । बुधबार इजरायली सरकारले युद्धको अनुगमन गर्न एकता सरकार र ३ सदस्यीय युद्ध मन्त्रिपरिषद् गठन गरेको थियो । नयाँ सरकारमा विपक्षी दल पनि समावेश भएका छन् । सो मन्त्रिपरिषद्मा प्रधानमन्त्री नेतन्याहु, विपक्षी नेता बेनी गान्ट्ज र वर्तमान रक्षामन्त्री योभ गालान्ट सामेल हुनेछन्।

इजरायलका रक्षामन्त्री योभ गालान्टले भने–“हामीले युद्धका सबै नियमहरू खारेज गरेका छौं। हाम्रा सिपाहीहरू अब कुनै पनि कुराको लागि जिम्मेवार हुनेछैनन्। उनीहरुविरुद्ध सैनिक अदालतमा मुद्दा दर्ता हुने छैन । हमासले गाजा परिवर्तन गर्न चाहेको थियो, हामी यसलाई १८० डिग्री परिवर्तन गर्नेछौं। गाजा कहिल्यै उस्तै नहोस् भनेर तिनीहरू सधैं पछुताउनेछन्।”

बुधबार इजरायलले गाजामा रातारात आक्रमण गरेको थियो, जसमा करिब ५१ प्यालेस्टाइनीको मृत्यु भएको थियो। अक्टोबर ७ बाट सुरु भएको युद्धमा हालसम्म २ हजार ३ सय २७ जनाको मृत्यु भइसकेको छ । तीमध्ये करिब १,२०० इजरायली छन्। हालसम्म करिब १,१२७ प्यालेस्टिनीले पनि ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);