इजरायली ट्याङ्करले गाजामा चिहानहरू कुल्चिएको भिडियो सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

इजरायली ट्याङ्करले गाजामा चिहानहरू कुल्चिएको भिडियो सार्वजनिक

एजेन्सी, २९ मंसिर । इजरायल–हमास युद्धको आज ६९औं दिन हो । न्युयोर्क टाइम्सको रिपोर्टका अनुसार इजरायली सेनाले गाजाका चिहानहरू पनि ध्वस्त गरिरहेको छ । प्रतिवेदनमा इजरायली ट्याङ्कहरूले शाजाइ सहरको ट्युनिसियन कब्रिस्तान र जबलियाको अल–फल्लुजाह कब्रिस्तान सहित छवटा चिहानहरू ध्वस्त पारेको बताएको छ।

यसको स्याटेलाइट तस्बिर सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा भिडियो पनि भाइरल भइरहेको छ । यसमा, इजरायली ट्याङ्कहरूले चिहानहरू कुल्चीमिल्ची गरेको निशानहरू देखिन्छन्। युद्धमा हालसम्म गाजाका १९ हजार मानिस मारिएका छन् । गाजामा चिहानमा ठाउँको अभावका कारण सामूहिक चिहानहरू बनिरहेका छन्।

यसैबीच अमेरिकामा ५१ वर्षीय शिक्षक बेन्जामिन रिस पक्राउ परेका छन् । उनले तीन मुस्लिम छात्राको घाँटी काट्ने धम्की दिएका थिए । अमेरिकी मिडिया हाउस सीएनएनको रिपोर्टका अनुसार बेन्जामिनले विद्यार्थीलाई कारले तानेको चेतावनी पनि दिएका थिए । भिडियोमा शिक्षकले हलमा विद्यार्थीलाई लखेटेर धम्की दिइरहेको देख्न सकिन्छ । कतारी मिडिया हाउस अलजजिराका अनुसार विद्यार्थीले शिक्षकलाई कक्षाकोठाबाहिर इजरायली झण्डा किन राखेको भनेर सोधेका थिए । यो देखेर शिक्षक रिसाए ।
यसैबीच अमेरिकाले इजरायललाई गाजामा आक्रमण कम गर्न आग्रह गरेको छ ।

राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा प्यालेस्टिनीहरूको सुरक्षामा ध्यान दिनुपर्ने बताएका छन्। इजरायलका रक्षामन्त्री योभ गैलान्टले तेल अवीव पुगेका अमेरिकी एनएसए ज्याक सुलिवानलाई भने–यो युद्ध धेरै महिनासम्म जारी रहनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);