स्काई नेट मिडियाको ‘नेशनल क्विज कन्टेस्ट’ चाडै आउँदै | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

स्काई नेट मिडियाको ‘नेशनल क्विज कन्टेस्ट’ चाडै आउँदै

काठमाडौं, १४ कात्तिक । स्काई नेट मिडिया प्रा.लि.को आयोजनामा पहिलो पटक ‘नेशनल क्विज कन्टेस्ट’ चाडै सुरु हुने भएको छ । १ वर्षसम्म चल्ने उक्त क्विज कन्टेस्ट माउन्टेन टेलिभिजन एचडीको आफ्नै स्टुडियोमा सञ्चालन गरिने बताइएको छ ।

कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरु सहभागी हन पाउने प्रतियोगिताको सञ्चालन पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले गर्ने भएकी छिन् ।

विजयी विद्यार्थीहरुलाई ट्रफी, प्रमाण–पत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताको प्रायोजक एशिया प्यासिफिक स्कुल, धापासी रहेको छ । त्यसैगरी मिडिया पाटनर माउन्टेन टेलिभिजन एचडी रहेको छ । प्रतियोगिता बारे थप जानकारी पछि गराउने आयोजकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);