भारतले नेपालकाे ५० विगाहा जमिन मिचेको भन्दै काठमाडौँमा प्रर्दशन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

भारतले नेपालकाे ५० विगाहा जमिन मिचेको भन्दै काठमाडौँमा प्रर्दशन

काठमाडाैं, ५ माघ । वीरगंजस्थित नेपाल–भारत सीमामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको भन्दै काठमाडौँमा विरोध प्रर्दशन गरिएको छ । सीमा क्षेत्रको विषयमा वकालत गर्दै आएको ग्रेटर नेपालले शुक्रबार मिनभवनस्थित नापी विभागमा पुगेर नेपालको सिमा भारतले मिच्दा समेत सरकारले वास्ता नगरेको भन्दै एक घण्टा धर्नासहित विरोध प्रर्दशन गरेको हो ।

ग्रेटर नेपालका अध्यक्ष फनिन्द्र नेपालले नापी विभागकै कमजोरीले मुलुकले एकपछि अर्को ठाउँको जमिन गुमाउँदै जानु परेको आरोप लगाए । ग्रेटर नेपालले भारतले हालसम्म नेपालको १ हजार ३ सय वर्ग किलोमिटर जमिन मिचेको दाबी गर्दै त्यसको विरोधमा विभिन्न अभियान संचालन गर्दै आएको छ ।

यता, सरकारले भने वीरगंजमा भारतले नेपालको सीमा नमिचेको स्पष्टिकरण दिएको छ । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले वीरगंजमा नेपाली भूभाग भारतीय पक्षले मिचेको भन्न नमिल्ने दाबी गरे । नापी विभागले वीरगंजमा भारतले नेपाली भूमि मिचेको हो, होइन, छानवीन गर्न निर्देशक नेतृत्वकै टोली फिल्डमा पठाइएको पनि जनाएको छ ।

वीरगन्ज महानगरपालिका–१, छपकैयामा ३ सय ९२ नम्बरको जंगे पिल्लरअन्तर्गत बन्न लागेका २९ वटा सहायक सीमा स्तम्भमध्ये १२ वटा सीमा स्तम्भ व्यक्तिगत जग्गामा परेपछि स्थानीय आन्दोलित बनेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);