नेपाली कांग्रेसले दशैंतिहार, नेपाल संवत् र छठ लगायतका पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्र्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

नेपाली कांग्रेसले दशैंतिहार, नेपाल संवत् र छठ लगायतका पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्र्दै

काठमाण्डौ, ११ कार्तिक

कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्र्दै छ ।
नेपाली कांग्रेसले दशैंतिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन २ देखि ५ बजेसम्म चियापान आयोजना गरेको हो ।

काठमाडौँ, ललितपुर र भक्तपुरको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने छ भने अन्य जिल्लाको चियापानको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गरेका छन् ।

कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्री, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ ।

२०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर बिपी स्वदेश फर्किएपछि कांग्रेसले ३४ सालदेखि देखि चियापान सुरु गरेको हो ।

कांग्रेसले बडादशैंको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।
उता नेपाल कम्युनिस्ट पार्टी एमालेको चियापान कार्यक्रम कात्तिक १५ गतेका लागि सरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट दशैंतिहार, छठलगायत पर्वको अवसरमा तय भएको कात्तिक १४ गते चियापानको कार्यक्रम १५ गतेका लागि सरेको हो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको नेपाल भ्रमणका कारण चियापान कार्यक्रम एकदिन सारेको एमालेले जनाएको छ । कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने छ ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);