अमेरिकी प्रतिवन्धले अफगानिस्तानमा भूकम्प पछिको पुनःनिर्माणमा असर | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

अमेरिकी प्रतिवन्धले अफगानिस्तानमा भूकम्प पछिको पुनःनिर्माणमा असर

काठमाडौं,६ कात्तिक । अफगानिस्तानको हेरात प्रान्तमा विनाशकारी भूकम्पबाट बिस्थापितहरुले अमेरिकाले अफगानिस्तानको सम्पती रोकेकाले भूकम्पपछिको पुनःनिर्माणमा असर परेको बताएका छन् ।

बिस्थापित एक बासिन्दा मोहम्मदले अहिले आफूहरु ६ जना परिवारको साथमा खुला मैदानमा बास बस्नु परिरहेको बताउनु भयो ।

भूकम्प सकिएपनि जीवनकोे आशा गुमेको अर्का एक बासिन्दाको भनाइ छ । आफ्नो जीवनलाई निरन्तरता दिन सक्ने की नसक्ने भन्ने डर रहेको बताउनु भयो ।

हेरात प्रान्तीय सरकारका प्रवक्ता निसार अहमद इलियासले अमेरिकाले अफगानिस्तानको सम्पती रोकेकाले पीडितको उद्धार गर्न असहज भइरहेको बताउनु भयो । प्रतिवन्धले शतप्रतिशत नकारात्मक असर परेको बताउनु भयो ।

उहाँले अफगानिस्तान हालको दशमा भूकम्पबाट प्रभावित भएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);