वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौतिः मन्त्री महतो | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौतिः मन्त्री महतो

काठमाडौं, ३ असोज ||
वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौति रहेको बताउनुभएको छ । शुक्रवार ललितपुरमा आयोजित राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय प्रकृति संरक्षण कोषले सरकारसँग समन्वय गरेर यस्ता समस्याको व्यवस्थापनमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले जीवनजन्तु बढाउँदै गर्दा कृषकको लागि बाँदर, हात्ती, बँदेल लगायतका जीवजन्तुबाट समस्याहरु सिर्जना भएकाले त्यसको व्यवस्थापनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । मन्त्री महतोले जीवजन्तुबाट कृषकले पाइरहेका समस्या समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);