चिडियाखानामा सटल बसको व्यवस्था गर्दै ललितपुर महानगर | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

चिडियाखानामा सटल बसको व्यवस्था गर्दै ललितपुर महानगर

काठमाडौं, ३ असोज ||
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले यस वर्ष चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउनका लागि सटल बस राख्ने बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू मेयर भइसकेपछि जावलाखेलको चिडियाघर भन्दा बाहिर नजिकमा हुने कन्सर्टहरु बन्द गराएको बताउनु भयो । कन्सर्टहरु बन्द हुँदा चिडियाखानामा भएका वन्यजन्तुहरु आरामसाथ निदाउन पाएको उल्लेख गर्नुभयो । उहाँले महानगरपालिकामा धेरै सुधार गर्न बाँकी रहेको भन्दै लितपुर महानगरपालिका सहकार्य गर्न इच्छुक र तयार रहेको बताउनु भयो । मेयर महर्जनले ललितपुर महानगरलाई आगामी दुई वर्षभित्र नमूनास्तरको बनाउने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);