एनआरएनएको नयाँ नेतृत्व छान्न आज चुनाव,केसी,श्रेष्ठ र शर्मा प्यानलसहित प्रतिष्पर्धामा | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

एनआरएनएको नयाँ नेतृत्व छान्न आज चुनाव,केसी,श्रेष्ठ र शर्मा प्यानलसहित प्रतिष्पर्धामा

काठमाडौं, २ कात्तिक । गैरआवासीय नेपाली संघ एनआरएनएको नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ । विदेशमा रहेका गैर आवासीय नेपालीहरुका लागि भने गएरातिदेखि नै अनलाइन भोटिङ खुला गरिएको छ ।

अनलाइनबाट चौबीस घण्टाभित्र मतदान गरिसक्नुपर्ने व्यवस्था छ । नेपालमा रहेका प्रतिनिधिहरुलाई भने बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म मतदानको समय तोकिएको छ । ४ हजार २ सय २७ प्रतिनिधिमध्ये झण्डै ९ सय प्रतिनिधिले नेपालबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । एनआरएनएको ११ औँ महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ ।

एनआरएनएले ९६ हजार संगठित सदस्य रहेको जनाएको छ । एनआरएनएमा ७४ पदका लागि एक सय २० जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि ३ जना, ६ उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुईजनाबीच प्रतिस्पर्धा हुँदैछ । दुई उपमहासचिवमा पाँच जनाले र ६ सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराए पनि रविना थापाले अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ । अब अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्माबीच प्रतिष्पर्धा हुँदैछ । तीनै जना प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);