मुख्यमन्त्री केदार कार्कीलाई कांग्रेस र एमालेले विश्वासको मत दिने | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

मुख्यमन्त्री केदार कार्कीलाई कांग्रेस र एमालेले विश्वासको मत दिने

काठमाडौं,१ कात्तिक । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिदैंछन् । त्यसअघि बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

कार्की एमालेको ४० र आफ्नै पार्टी कांग्रेसको ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । कांग्रेसका ८ जना सांसदले विद्रोह गरेर दलको निर्णयविपरित गएपछि दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका थिए ।

सत्तागठबन्धनले कोशीमा माओवादीका इन्द्र आंवोलाई मुख्यमन्त्रीमा अघि सारेको थियो । तर विद्रोह कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्। यसअघि नियुक्त भएका प्रदेशका मुख्यमन्त्रीभन्दा चाँडै उनले विश्वासको मत लिन लागेका छन् ।

त्यसैगरी, नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले पनि मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । बुधवार बिहान विराटनगरमा बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

उनले आइतबार पद तथा गोपनीयताको सपथ लिए। उनले एमालेका रामबहादुर राना र कांग्रेसका शम्शेर राईलाई समेटेर मन्त्रिमण्डल गठन गरेका हुन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);