इजरायलबाट थप १९ जना नेपाली स्वदेश आउँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

इजरायलबाट थप १९ जना नेपाली स्वदेश आउँदै

काठमाडौं, ३० असोज । द्धन्द्धग्रस्त इजरायलबाट थप १९ जना नेपालीलाई सरकारले उद्धार गरेको छ । स्वेदश फर्कन आवदेन दिएका १९ जनालाई तेल अविवबाट इण्डियन रेस्क्यु फ्लाइटबाट नेपाल ल्याउन लागेको मन्त्रालयले जनाएको छ ।

स्वदेश आउन चाहाने नेपालीलाई दिल्लीस्थित दुतावासले सवारी साधनको व्यवस्था मिलाएर नेपाल पठाउने जानकारी पनि मन्त्री साउथले जनाएका छन् । इजरायलमा हमास समुहले गरेको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् ।

ती मध्ये ५ जनाको शव ल्याउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही दिन अघि मन्त्री एनपी साउद आफै गएर २५४ जना विद्यार्थीलाई नेपाल एयरलाइन्सको विमान चार्टर गरेर नेपाल ल्याएका थिए । मन्त्रालयको अनुसार स्थानीय समय अनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत १९ नेपाली नागरिक आउँदै छन् ।

दिल्लीस्थित दुतावासले इजरायलबाट उद्धार गरेर ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली पठाउने छ ।

यी हुन् उद्धार गरिएका नेपाली नागरिकहरू

नन्दसिंह भुल

सुजेन्द्र खड्का

प्रतिभा रौनियार

अनुमा डंगोल

हिना खाँण

आतिस गुरुङ

जुनु गुरुङ

मौसमी पाख्रिन

प्रतिमा तिम्सिना

राजकुमार मानन्धर

संगीता दुलाल

उर्मिला रावल

ममता थापा

दिलकुमारी अधिकारी कार्की

निश्चल श्रेष्ठ

समिता बस्नेत

अम्बिका सुवेदी

सिरता गुरुङ

उर्मिला श्रेष्ठ

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);