पर्यटकीय गतिविधि बढाउन इलामको ढापपोखरीमा डुंगा सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८१, बुधवार

पर्यटकीय गतिविधि बढाउन इलामको ढापपोखरीमा डुंगा सञ्चालन

टीका खतिवडा
इलाम, ४ माघ । स्थानीयबासीको संरक्षणमा विस्तार भएको इलामको सन्दकपुर–५, जमुनाको ढापपोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा दुईवटा डुंगा चलाउन थालिएको हो ।

इलामको ढापपोखरीमा पोखरीको संरक्षण र व्यवस्थापन गर्दै आएको चन्द्रपाल थेबेढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिले डुंगा सञ्चालनमा ल्याएको हो । पोखरीको प्रवद्र्धनमा विभिन्न संघ–संस्थाले समेत सहयोग गर्न थालेका छन् ।

इलाम सदरमुकामबाट २१ किलोमिटर उत्तरमा रहेको ढापपोखरी स्थानीय बासिन्दाको पर्यटन विकासप्रतिको मोह र सक्रियताका कारण अढाइ वर्षकै अवधिमा आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ । आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएपछि सन्दकपुर गाउँपालिकाले सडक स्तरोन्नतिलाई प्राथमिकता दिएको छ ।

त्यस्तै, ढापपोखरी पुग्ने पर्यटकको खाने–बस्ने व्यवस्थाका लागि स्थानीयवासीले होमस्टे सञ्चालनको तयारी गरेका छन् । अहिले पनि स्थानीय बासिन्दाले ५० जनासम्म अतिथिलाई खाने–बस्ने व्यवस्थाको चाँजोपाँजो मिलाइरहेका छन् ।

पोखरीमा माछापालन थालिएपछि आगन्तुकका लागि आकर्षणको केन्द्र भएको छ । तराईमा पाइने सारसलगायत चराचुरुंगी ढापपोखरीको अर्को आकर्षण हो । पोखरीआसपास लोपोन्मुख सुन गोहोरो र विभिन्न प्रकारका सुनाखरी पाइन्छन् । क्षेत्रफलका हिसाबले पनि इलामकै ठूलो ढापपोखरी ५० रोपनीमा फैलिएको छ । डुंगा सञ्चालनसँगै ढापपोखरीमा सन्दकपुर, टोड्के झरना, माबुथाम, हाँगेथाम, चोयाटार, जौबारीलगायत क्षेत्रका बासिन्दाको आगमनदर बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);