कानून मिचेर हवाइ भाडा वृद्धि गरे कारबाही हुन्छः मन्त्री किराँती | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

कानून मिचेर हवाइ भाडा वृद्धि गरे कारबाही हुन्छः मन्त्री किराँती

काठमाडौं, २५ असोज ||
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हवाई भाडालाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज थप गर्नुपर्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किरातीले अनियन्त्रित भाडा वृद्धिलाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज खरिद गर्नुपर्ने बताउनुभएको हो । उहाँले नियमभन्दा बाहिर गएर हवाइ भाडा वृद्धि गर्न कसैलाई छुट नभएको बताउनु भयो । उहाँले निजी कम्पनिहरुलाई सरकारले बढी नियन्त्रण गर्न पनि नसक्ने भन्दै उहाँले नीजि कम्पनिहरु ऐन, कानूनभन्दा बाहिर जान पनि नपाउने बताउनु भयो । कानून भन्दा बाहिर गएर हवाइ भाडा वृद्धि गरेमा कारकाही गरिने चेतावनी दिनुभयो ।

 

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);