सुदुरपश्चिम एमालेको अध्यक्षमा जैसी सर्वसम्मत | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

सुदुरपश्चिम एमालेको अध्यक्षमा जैसी सर्वसम्मत

काठमाडौं, २५ असोज । नेकपा (एमाले) सुदुरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैसी निर्विरोध निर्वाचित भएका छन् । अन्य पदाधिकारीहरु समेत सर्वसम्मत निर्वाचित भएका छन् ।

अध्यक्षमा उम्मेदवारी दर्ता गरेका निवर्तमान उपाध्यक्ष कमलप्रसाद तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैसी निर्विरोध निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही सर्वसम्मत भएका छन् ।

हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्र बहादुर शाहीले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत चुनिएका हुन् । सचिवका प्रत्याशी राजेश खाती, जीवनबहादुर बम र रतनबहादुर रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि सचिवमा कैलालीका रणबहादुर चन्द सर्वसम्मत चयन भएका छन् । उपसचिव (खुल्ला) मा कञ्चनपुरका नरबहादुर विक र उपसचिव (महिला) मा कैलालीकी भागरथी विष्ट निर्वाचित भएका छन् ।

उपसचिव (खुल्ला) मा रामदत्त जोशी, अशोककुमार चन्द, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टले उम्मेदवारी दर्ता गराए पनि पछि फिर्ता लिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);