इजरायलमा अलपत्र नेपालीको उद्दारको विषय संसदमा छलफल गर्न राप्रपाको माग | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

इजरायलमा अलपत्र नेपालीको उद्दारको विषय संसदमा छलफल गर्न राप्रपाको माग

काठमाडौं, २२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठकको नियमित कार्यसूचि हटाएर इजरालयमा अलपत्र नेपालीहरुको उद्दारको विषयमा छलफल चलाउन माग गरेको छ ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो ३ः३० मा बस्नेगरी बोलाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजै सभामुख देवराज घिमिरेलाई भेटी प्रतिनिधि सभा बैठकको नियमित कार्यसूचिलाई हटाएर इजरायलमा अलपत्र नेपालीहरुको उद्दारको विषयमा मात्र बैठक केन्द्रित गर्न माग गरेको हो । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेर राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही नेतृत्वको टोलीले बैठकको कार्यसूचि परिवर्तन गर्न माग गर्नुभएको हो । इजरालयमा अलपत्र नेपालीहरुको उद्धारका लागि सरकारले विशेष टिम बनाउनुपर्ने र त्यसको लागि प्रतिनिधि सभाले निर्देशन दिनुपर्ने उहाँले बताउनु भयो । इजरायलमा मात्रै नभइ अन्य विभिन्न देशहरुमा पनि अलपत्र रहेका नेपालीहरुको उद्दार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सभामुखसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो – ‘आजको नियमित संसदलाई स्थगन गरेर इजरायलमा अलपत्र परेका मान्छेलाई उद्दार गर्नका लागि सदन चलाऔँ । आजको विषयवस्तु यही विषयवस्तु मात्रै राखौँ । कसरी मान्छेलाई त्यहाँबाट उद्धार गर्ने ? आज इजरायलमा मात्र होइन साउदी अरबमा, दुई, कतार, मलेसिया लगायत युरोपियन, दणिक्ष अफ्रिकन देशहरु लगायत धेरै देशहरुमा अहिले नेपालीहरु अलपत्र परेका छन् । उनीहरुको उद्धारका लागि एउटा विशेष टिम सरकारले बनाउनुपर्छ । त्यो बनाउनका लागि संसदबाटै आदेश जारी होस् । र आज चलिरहेको संसदलाई नियमित कार्यसूचिलाई पछाडी राखेर आजको सदन विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारका लागि आजको सदन चलाऔँ । त्यही विषयमा सरकारलाई आदेश गरौँ ।’

सभामुख घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतकहरुसँग साझा रुपमा छलफल गरी बैठकको कार्यसूचि तय गर्ने बताएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);