इजरालयमा १२ नेपाली सम्पर्कबिहिन –मन्त्री साउद | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

इजरालयमा १२ नेपाली सम्पर्कबिहिन –मन्त्री साउद

काठमाडौं, २१ असोज । परराष्ट्र मन्त्री एनपी साउदले इजरालयमा रहेका १२ जना नेपाली नागरिक सम्पर्कबिहिन भएको बताएका छन् । आइतबार संसद बैठकमा बोल्दै मन्त्री साउदले सुदुरपश्चिम विश्वविद्यालबाट गएका नेपाली विद्यार्थीहरु सम्पर्कविहित भएको बताएका हुन् ।

“दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत विद्यार्थीहरू सम्पर्कविहीन भएका छन्।” उनले भने,“राजदूतावासको अनुसार यो स्थान गाजा क्षेत्रबाट नजिक रहेका र त्यही हमास समूहबाट आक्रमण भएकाले १७ जना नेपालीहरूमध्येबाट २ जना सकुशल रहेका छन् ।”

त्यसमध्ये तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको मन्त्री साउदले जानकारी दिए । बाँकी १२ जना सम्पर्कमा नभएको र केही हताहत भएको हुँदा स्थिति यकिन गर्न संयन्त्र परिचालन गरेको पनि उनले सुनाए ।
मन्त्रीको अनुसार इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका विद्यार्थीं २६५, कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना इजरायल गएका छन्।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);