कास्कीको किम्रोङखोला पहिराले थुनियो, सतर्क रहन आग्रह | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

कास्कीको किम्रोङखोला पहिराले थुनियो, सतर्क रहन आग्रह

कास्की, २१ असोज । कास्कीको किम्रोङखोला पहिरोले थुनिएको छ । अन्नपूर्ण गाउँपालिकास्थित–११ मा खोला गएराति पहिरोले थुनिएर ताल बनेको हो ।

आज बिहान ११ बजेदेखि खोलामा पानी बग्न सुरु भए पनि जोखिम भने कायमै छ । किम्रोङखोला पहिराले थुनिएपछि अहिले १५ घण्टापछि खोलामा पानी बिस्तारै बग्न थालेको छ । एक्कासि फुटेमा क्षति हुने सम्भावना देखिएपछि सबैलाई सुरक्षित रहन आह्वान गरिएको छ ।

किम्रोङखोला वडा नं ७ र ११ को सिमाना झिनोडाँडामा आएर मोदी नदीमा मिसिन्छ । गाउँपालिकाले मोदी खोला आसपासका अन्नपूर्णका वडा नं ११, १०, ८ र ७ का नदीको तटीय क्षेत्रमा बसोबास गरेकाहरुलाई सतर्क र सुरक्षित रहन आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);