एजेन्सी, १९ असोज । अक्टोबर ३ मा सिक्किममा बादल पड्किँदा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २६ जना घाइते भएका छन्। २२ सैनिकसहित १०३ जना अझै बेपत्ता छन् ।
सिक्किमका मुख्य सचिव विजय भूषणले बाढीका कारण अझै ७ हजार मानिस फसेको बताएका छन् । जसमा लाचेन र लाचुङमा करिब ३ हजार मानिस फसेका छन् । सात सयदेखि ८ सय चालक पनि त्यहाँ फसेका छन् ।
मोटरसाइकलमा गएका ३१५० जना पनि त्यहीँ फसेका छन् । सबैलाई सेना र वायुसेनाको हेलिकप्टरबाट बाहिर निकालिने तयारी गरिएको छ ।
बाढीको अवस्थालाई मध्यनजर गर्दै शिक्षा विभागले १५ गतेसम्म सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । नेपालमा गएको भूकम्पका कारण सिक्किमको लोनाक ताल फुटेको हुनसक्ने वैज्ञानिकहरुको आशंका छ । यसको दायरा एक तिहाइमा घटाइयो। बादल फुट्दा तालले त्यति पानी थाम्न सकेन । जसका कारण टिस्टा नदीमा बाढी आएको हो । खोलाको पानीको बहाव १५ देखि २० फिटले बढेको छ । खोला नजिकैको क्षेत्रमा सेनाको क्याम्प रहेको बाढीले बगाएर त्यहाँ पार्किङ गरेका ४१ सवारीसाधन डुबेका छन् ।
लाहोनक तालबाट आएको बाढीले १३ हजार करोड रुपैयाँको टिष्टा–३ जलविद्युत आयोजनाको ६० मिटर अग्लो बाँध मात्र १० सेकेन्डमै बगेको छ । अन्वेषकहरूको एक अन्तर्राष्ट्रिय टोलीले दुई वर्षअघि सिक्किमको दक्षिणी ताल भविष्यमा फुटेर तल्लो क्षेत्रलाई ध्वस्त पार्न सक्ने चेतावनी दिएको थियो।
यसैबीच, प्रदेश सरकारले टिस्टा तटीय क्षेत्रमा सम्भावित विस्फोटक पदार्थ र गोलाबारुद भेटिएपछि स्थानीयवासीलाई सचेत गराएको छ ।