एमाले गण्डकी अध्यक्षमा शर्मा विजयी, शंकर–खगराज प्यानललै पराजित | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

एमाले गण्डकी अध्यक्षमा शर्मा विजयी, शंकर–खगराज प्यानललै पराजित

पोखरा, १९ असोज । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्माको विजयी भएको छ । ८ सय ९६ कुल खसेको मतमध्ये शर्माले ५३१ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मायानाथ अधिकारीले ३ सय ६५ मत प्राप्त गरेका छन् । शर्मा र अधिकारीबीचको मतान्तर १६६ छ ।

निवर्तमान अध्यक्ष समेत रहेका शर्माको प्यानललाई उपाध्यक्ष विष्णु पौडेल–उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहको साथ थियो भने केन्द्रीय सदस्य अधिकारीको प्यानललाई महासचिव शंकर पोखरेल–स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षधरले साथ दिएका थिए । शंकर पोखरेल–खगराज अधिकारी पक्षका मायानाथ अधिकारीको प्यानललै राजित भएको छ ।

त्यसैगरी, उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ ५३४ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नवलपुरका बाबुराम विश्वकर्माले ३६२ मत प्राप्त गरेका छन् । यसैगरी, सचिवमा शर्माकै प्यानलका लमजुङका धनञ्जय दवाडीले ५२० मत प्राप्त गरेर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कास्कीका रश्मी आचार्यले ३६७ मत पाए ।

उपसचिव पदमा पनि शर्मा प्यानलका कास्कीका दामबहादुर विक विजयी भएका छन् । उनले ४९९ मत पाएका छन् । उपसचिव पदका अर्का प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३९७ मत प्राप्त गरे । उपसचिव महिलातर्फ पनि शर्मा प्यानलकी पर्वतकी मन्जु अधिकारीले ५३१ मत ल्याएर निर्वाचित भएकी छिन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);