माओवादीको केन्द्रिय सदस्य भएकाले ल्हारक्याल लामालाई नियुक्ति गर्न सहज भयोः मन्त्री किराँती | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २३ २०८१, शुक्रबार

माओवादीको केन्द्रिय सदस्य भएकाले ल्हारक्याल लामालाई नियुक्ति गर्न सहज भयोः मन्त्री किराँती

काठमाडौं, १८ असोज ||

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्ति गर्न आफ्नो पार्टीको केन्द्रिय सदस्य भएकाले सहज भएको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदले सोधका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लामा नेकपा (माओवादी केन्द्र) का सदस्य भएको र गुम्बा विकास समितिको अध्यक्ष भइसक्नुका साथै एमाले र माओवादी पार्टीबाट पनि पटक पटक मन्त्री र सांसद भइसकेकाले पनि योग्य व्यक्ति भएको बताउनु भयो । उहाँले २०४२ को दफा ८ को ख बमोजिम नियुक्ति गरेको बताउनु भयो ।

मन्त्री किराँतीले नेपाल वायुसेवा निगम ४८ अर्ब ऋणमा रहेपनि आफू मन्त्री बनेर आइसकेपछि ४ अर्ब ऋण तिरिसकेको बताउनु भयो । उहाँले अहिले निगमसँग १ अर्ब ६५ करोड रकम रहेको र त्यसले साना जहाज खरिद प्रक्रियामा लागेको बताउनु भयो । उहाँले इतिहासदेखि अहिलेसम्मको ऋण मुक्त हुनेगरी निगम नाफामा नभएपनि आफू आइसकेपछि सञ्चालन कस्टमा नाफा भएको दाबी गर्नुभयो । उहाँले चिनियाँ जहाँज अहिले पनि घाटामा रहेको बताउनु भयो । उहाँले चिनियाँ जहाजमा पार्टपूर्जाको समस्या र पार्टपूर्जा लिन पनि वर्षौं लाग्ने गरेको भन्दै चिनियाँ जहाँज घाटामा रहेको बताउनु भयो । उहाँले रेष्टुरेण्ट र हवाई चलाउने ऐन नेपालमा एउटै रहेको भन्दै असन्तुष्टि जनाउनु भयो ।
मन्त्री किराँतीले युरोपियन युनियनको कालोसूचिबाट नेपाल चाँड नै हट्नेमा आशावादी रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);