ज्येष्ठ नागरिक दिवसमा वडाध्यक्ष सम्मानित | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

ज्येष्ठ नागरिक दिवसमा वडाध्यक्ष सम्मानित

पुष्कर भट्ट ||
१६ असोज ||

कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ वडाध्यक्ष ३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा सम्मानित भएका छन् । ज्येष्ठ नागरिक समाज कञ्चनपुरले भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवर ‘भुन्टु’ र भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहरा ‘झक्कास’लाई दिवसको अवसरमा सम्मानित गरेको हो ।

समाजका अध्यक्ष धनबहादुर खडायतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष दुर्गा बोहराले दुवै वडाध्यक्षलाई सम्मान गरेका छन् । भीमदत्त नगरपालिकाको सभाकक्षमा कार्यक्रम सञ्चालन भएको थियो ।

वडाध्यक्ष कुँवरले आफ्नो पारिश्रमिक ज्येष्ठ नागरिकको हकहितमा खर्च गर्दै आएको र वडाध्यक्ष बोहराले नमूना बस्ती लगायत सामाजिक कार्य गर्दै आएकाले सम्मान गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);