टेलिकमका प्रबन्ध निर्देशक पौडेलविरुद्ध मुद्दा | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

टेलिकमका प्रबन्ध निर्देशक पौडेलविरुद्ध मुद्दा

काठमाडौं, १६ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्या दायर गरेको छ । अख्तियारले लामो अनुसन्धानपछि पौडेलविरुद्ध भ्रष्टाचार मुद्या दायर गरेको हो ।

पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक हुँदा २५ करोड रुपैयाँको नेशनल पेमेण्ट गेटवे खरिद गरी भ्रष्टाचार गरेका थिए । यही विषयमा उजूरी परेपछि पौडेलमाथि अनुसन्धान गरी अख्तियारले मुद्या दायर गरेको हो ।

अख्तियारले २५ करोडको नेशनल पेमेण्ट गेटवे खरीद गराई राज्यको सम्पत्ति गैरकानूनी तवरले हानी नोक्शानी गराएको ठहर गरेको छ ।

नेशनल पमेण्ट गेटवे खरिद प्रकरणमा तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव संजय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्दका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठ, केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश प्रसाद पोखरेल, लेखा अधिकृत रामबहादुर बुढा, इञ्जिनियर रामशरण गायक, हालका उद्योग सचिव मधुकुमार मरासिनी समेतमाथि मुद्या दायर गरेको छ । उनीहरुले २३ रोड २७ लाख ५८ हजार ७७ रुपैयाँ हानीनोक्सानी गराएको पुष्टि भएको अख्तियारको निष्कर्ष रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);