संसद भवनको ठेक्का अवधि हचुवाको भरमा फेरि थप्न सकिँदैनः शहरी विकामन्त्री गुरुङ | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

संसद भवनको ठेक्का अवधि हचुवाको भरमा फेरि थप्न सकिँदैनः शहरी विकामन्त्री गुरुङ

काठमाडौं, १५ असोज ||
शहरी विकासमन्त्री सीता गुरुङले निर्माणाधिन संघीय संसद भवनको ठेक्का अवधि थप गर्न नसकिने बताउनुभएको छ । मन्त्री गुरुङले कार्य प्रगति सन्तोषजनक नभएको उल्लेख गर्दै हचुवाको भरमा सरकारले सो भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने प्रष्टयाउनुभएको हो ।

सोमवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति नेतृत्वको टोलीसँग सो भवनको अनुगमन गर्न पुग्नुभएकी उहाँले सञ्चारकर्मीमाझ असोज महिनाभित्र सम्पन्न गरिसक्ने सर्तमा पछिल्लो समय पनि आफूले ६ महिना म्याद थप गरिदिएको तर काम सोही अनुसार नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । मन्त्री गुरुङले आफूहरुले हिउँदे अधिवेशन सोही भवनबाटै शुरु गर्नेगरी सम्बन्धित निकायलाई निर्माण कार्य सम्पन्न गर्न पटकपटक ताकेता गरेको पनि बताउनु भयो । म्याद थप गरेर समस्या समाधान नहुने भएकाले सम्बन्धित पक्षले असोज महिना भित्र सो भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्ने उहाँको भनाई थियो । मन्त्री गुरुङले सो भवनको निर्माण कार्य छिट्टै सम्पन्न हुनेगरी जनशक्ति बढाउन गरिएको आग्रहलाई पनि निर्माण कम्पनीले पालना नगरेको गुनासो गर्नुभयो ।

यता, निर्माणाधिन संसद भवनको निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनी टुन्दी सेक जेभीले भने ठेक्का अवधि पुनः ६ महिना थप गर्न सरकारसँग आग्रह गरेको छ । ६ महिना भित्र सबै काम सम्पन्न गर्नका लागि सरकारसँग म्याद थपको प्रश्ताव राखिएको सो निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर प्रमिन्द्रकृष्ण श्रेष्ठले बताउनु भयो । उहाँले सो भवनको निर्माण कार्यलाई छिटो सम्पन्न गर्नका लागि आफूहरुले आवश्यक्ता अनुसार जनशक्ति पनि बढाउँदै लगेको र राति पनि काम गर्ने योजना तय गरिएको जानकारी दिनुभयो ।

सिंहदरबारको पुतली बगैंचामा निर्माणाधिन सो भवन ०७९ असोज १६ भित्र यसको निर्माण सकिसक्नुपर्ने थियो । तर दुई पटक म्याद थप गर्दा पनि सम्पन्न हुन सकेको छैन । टुन्दी÷सेक जेभीले सो भवनको ठेक्का ५ अर्ब ६८ करोड ३९ लाख रुपैयाँमा लिएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);