पूर्वाधार र प्रचारप्रसार नहुँदा कञ्चनपुरका पर्यटकिय क्षेत्रहरु ओझेलमा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १८ २०८१, आइतबार

पूर्वाधार र प्रचारप्रसार नहुँदा कञ्चनपुरका पर्यटकिय क्षेत्रहरु ओझेलमा

पुष्कर भट्ट ||
कञ्चनपुर, ११ असोज ||

पूर्वाधार विकास र प्रचार प्रसारको अभावमा कञ्चनपुर जिल्लामा रहेका पर्यटकीय स्थलहरु ओझेलमा परेको छन । जिल्लामा पर्यटकीय सम्भावना बोकेका दर्जनौँ स्थल भएपनि उचित संरक्षण, पूर्वाधार अभाव र प्रचारप्रसार नहुँदा ओझेलमा परेका हुन । कञ्चनपुर जिल्लामा पर्यटनको पर्याप्त सम्भावना रहेको छ । तर ती पर्यटकिय स्थलको संरक्षण र प्रचारप्रसार प्रति सरकारको ध्यान जान सकेको छैन । प्रचार प्रसारको अभावमा कञ्चनपुर जिल्लाका पर्यटकीय सम्भावना बोकेका शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, झिलमिला ताल, बेदकोट ताल, पाण्डव ताल, एसियाकै लामो झोलुङ्गे पुल, लिङ्गेश्वर धाम, शिद्धबाबा मन्दिर, विष्णु मन्दिर, घटाल मन्दिर लगायतका पर्यटकीय क्षेत्र ओझेलमा परेका हुन् ।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरबाट २५ किलोमिटर उत्तरी क्षेत्र चुरेको डाँडामा रहेको झिलमिला ताल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । तालको छेउमा रहेको झिलमिला देविको मन्दिरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वासका साथ भक्तजनहरु त्यहाँ पुग्ने गरेको भएपनि जिल्लाकै मुख्य पर्यटकीय गन्तव्यकारुपमा रहेको यो तालको उचित संरक्षण र प्रचार प्रसार नहुँदा ओझेलमा परेको उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जंग वहादुर मल्लले बताउनु भएको छ । जिल्लामा पर्यटनको थुप्रै सम्भावना भएपनि त्यहाँको पर्यटन विकासका लागि राज्य स्तरबाट पर्याप्त लगानि हुन नसकेको बताइएको छ ।

त्यस्तै जिल्ला सदरमुकाम महेन्द्रनगरदेखि २० किलोमिटर टाढा बेदकोट ३ चुरेपहाडको फेदमा अवस्थीत प्राकृतिक सौन्दर्यताले भरिपूर्ण धार्मीक, पुरातात्विकय मनमोहक, रमणिय, दैविय, अलौकिक शक्ति बोकेको बेतकोट ताल क्षेत्र पनि राज्यको दृष्टि नपुगी ओझेलमा परेको छ । जिल्लाकोे गड्डाचौकी नाका भएर भारतीय तथा तेस्रो मुलुकका पयर्टक आउँछन । तर गड्डाचौकी नाका भएर पुगेका पर्यटक यहाँका पर्यटकिय गन्तव्य छोडेर काठमाडौँ पोखरा जाने गरेका छन ।

अध्यागमन कार्यालय कञ्चनपुरका अधिकृत पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटकहरु आएपनि सिधै काठमाडौं पोखरा लगायतका शहर घुम्न जाने गरेको बताए ।

अध्यागमन कार्यालयको तथ्याङ्क अनुसार २०२२ मा ५ सय ४२ जना विदेशी पर्यटक गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका थिए । यो वर्षको हालसम्म ६ सय ८५ जना विदेशी पर्यटक भित्रिएका छन । सप्टेम्बरमा मात्रै एक सय ५४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन ।
कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निुकञ्ज पर्यटकको ठुलो सम्भावना बोकेको क्षेत्र भएपनि गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका विदेशी पर्यटकको रोजाईमा पर्ने गरेको छैन । शुक्लाफाँटामा सयौंको संख्यामा देखिने बाहसिंगाको झुन्ड र घाँसे मैदान यहाँ आउने पर्यटकहरूको मुख्य आकर्षणका रूपमा छ । होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टले पूर्वाधार र सुविधा नहुँदा कञ्चनपुर पुगेका पर्यटकहरु पनि त्यहाँ नबस्ने बताउनु भयो ।

कञ्चनपुरमा शुक्लाफाँटा मात्र नभई महाकाली पारिका गाउँ दोधारा र चाँदीलाई जोड्ने एसियाकै सबैभन्दा लामो झोलुंगे पुल पनि छ । यस पुलको लम्बाइ १ हजार ४ सय ९५ मिटर छ । दोधरा चाँदनीसम्म पुग्ने अव्यवस्थित सडक, बाहिरबाट आउने पर्यटकहरूका लागि बसोबासका लागि उचित होटलहरू नभएको कारणले पर्यटकहरू त्यहाँसम्म पुग्न सकिरहेका छैनन् ।

बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले धार्मीक बेतकोट ताल क्षेत्रको गुरुयोजना बनाएर नगरपालिका लागी परेको बताउनु भयो । युगौँदेखि पर्यटकको पर्खाइमा रहेका कञ्चनपुरका पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार, पूर्वाधार विकासका साथै पर्यटकिय क्षेत्रको प्रबद्धन गर्न सके कञ्चनपुर जिल्लाको मात्र नभई देशकै आकर्षक पर्यटकिय गन्तब्य बन्न सक्दछन । तसर्थ यसतर्फ सरकारको ध्यान जान जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);