बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

बैतडी, १० असोज ||

गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्युु हुनेमा जिल्लाको पाटन नगरपालिका ८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हवलदार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् । बाजुराबाट घर गईरहेका महरालाई दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा गाडीले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

बाजुराबाट बझाङ जाने गाडीमा घर गईरहेका महरा खोड्पे बजारमा झरेका र खोड्पेबाट हिँडेर घर गईरहेका बेला उनलाई गाडीले ठक्कर दिएको बुझिएको छ । महरालाई ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन् । यसैबीच महरालाई ठक्कर दिने गाडीको पहिचान गर्न माग गर्दै मृतक महराका आफन्त आन्दोलित भएका छन् । शव बीच सडकमै राखेर दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् ।

राजमार्ग अवरुद्ध हुँदा अहिले तराइबाट बैतडी तथा दार्चुलाका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन् । घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । महरालाई किच्ने गाडीको पहिचान गर्ने कार्य र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);