काठमाडौं, ९ असोज । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड छोङछिङ नगर पुग्नुभएको छ । राजधानी बेइजिङमा उच्चस्तरीय भेटघाट सकेर अवलोकन भ्रमणलागि प्रचण्ड मंगलबार बिहान विमानबाट छोङ्छिङ महानगर पुग्नुभएको छ ।
प्रचण्ड छोङछिङ कृषि विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमण र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवं छोङ्िछङ नगरका पार्टी सचिव, युआन चिउचनले स्वागतका लागि आयोजना गरेको रात्रिभोजमा सरिक हुनुहुनेछ । मंगलबार दिनभर छोङछिङ घुमेर बुधबार बिहान तिब्बत जाने कार्यक्रम छ । छोङछिङ महानगर चीनको कृषि र उद्योगमा आधुनिकीकरण गरिरहेको सहर हो । छोङछिङ चीनका शक्तिशाली नगरपालिका मध्ये एक हो । राजधानी बेइजिङ, शाङघाई, थियानचिन र छोङछिङ चारवटा नगरपालिका चीन सरकारको केन्द्रशाशित हुन । जसलाई सरकारले प्रान्त सरहको अधिकारी दिइएको छ । यी चार नगरपालिकाको पार्टी सचिव चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी)को पोलिटब्युरो सदस्य हुने गर्दछन् ।
छोङछिङमा स्थापना गरिएको गरिबी निवारण सहकार्य केन्द्रले चिनियाँ गरिबी निवारण अनुभवलाई दक्षिण एसियाली देशहरूसँग साझेदारी र सहयोग आदानप्रदान गर्ने लक्ष्य राखेको छ । यसअघि, चीनले नेपालसँग सहकार्य र सहयोग आदानप्रदानका लागि सिचवान र युनान प्रान्त तथा चीनको स्वायत्त तिब्बतबीच सहकार्य गर्दै आएकोमा पछिल्लो समय छोङछिङ महानगर पनि सहयोग र सहकार्यमा थप गरिएको छ