केरुङ–रसुवागढी–चिलिमे अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति,नेपाल–चीन संयुक्त वक्तव्य जारी | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०८१, बिहीबार

केरुङ–रसुवागढी–चिलिमे अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति,नेपाल–चीन संयुक्त वक्तव्य जारी

काठमाडौं, ९ असोज । नेपाल र चीनबीच उत्तरी सीमा क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण निर्माण छिटो सुरु गर्ने सहमति भएको हो ।

मंगलबार बिहान जारी भएको संयुक्त वक्तव्यमा जिलोङ÷केरुङ– रसुवागढी–चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइनको निर्माण चाँडो सुरु गरिने उल्लेख छ । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच सोमबार बेइजिङमा भएको द्विपक्षीय भेटवार्तापछि भएका विभिन्न सम्झौता र समझदारीका सम्बन्धमा आज मात्रै संयुक्त व्यक्तव्य जारी भएको हो । संयुक्त व्यक्तव्यमा ऊर्जा क्षेत्रमा विशेष गरी जलविद्युत, सीमापार प्रसारा लाइन र सम्बद्ध सबस्टेसनको विकासमा सहयोगलाई थप प्रवर्द्धन गर्दै केरुङ–रसुवागढी–चिलिमे प्रसारण लाइन बनाउने सहमति भएको उल्लेख छ । यसको लगानीको विषय उल्लेख छैन । केरुङ–चिलिमे प्रसारण लाइन बनाउन दुई देशबीच पाँच वर्ष अघि नै अध्ययन सुरु भए पनि थप प्रगति अघि बढेको छैन । नेपालले चीनको सिजाङ स्वायत्त क्षेत्रबाट नेपालका उत्तरी दुर्गम गाउँहरुमा विद्युतीकरणका लागि गरेको अनुरोधलाई चीनले सकारात्मक रुपमा लिएको उल्लेख छ ।

सकेसम्म छिटो संयुक्त कार्यान्वयन संयन्त्रको दोस्रो बैठक बोलाएर चीन–नेपाल विद्युतीय ऊर्जा सहयोग योजनाई अन्तिम रुप दिइने संयुक्त व्यक्तव्यमा उल्लेख छ । जलविद्युत, वायु ऊर्जा, सौर्य ऊर्जा र हाइड्रोजन पावरको क्षेत्रमा सहकार्य गर्ने पनि भनिएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा पनि अन्तरदेशीय प्रसारण लाइन र विद्युत व्यापारको विषयमा महत्वपूर्ण सहमति भइसकेको छ । नेपाल र चीनबीच कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित विभिन्न सम्झौता र सहमति पत्रमा सोमबार हस्ताक्षर भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);