स्थानीय तहलाई अधिकार दिन कन्जुस्याँइ गर्नु हुँदैनः राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

स्थानीय तहलाई अधिकार दिन कन्जुस्याँइ गर्नु हुँदैनः राष्ट्रपति

काठमाडौं, ८ असोज
राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहलाई अधिकार सम्पन्न हुन नदिइएको बताउनुभएको छ । सोमवार महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्र भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले संघीयतालाई कार्यान्वयनमा लैजान नसकिएको बताउनु भयो । उहाँले संघ, प्रदेश र पालिकाहरु सबैलाई अधिकारको बाँडफाँट मिलाएर जानुपर्ने चुनौति रहेको बताउनु भयो । उहाँले स्थानीय तहलाई नियन्त्रित गरेर अधिकार दिने गरिएको भन्दै स्थानीय तहलाई अधिकार दिन कन्जुस्याँइ गर्नु नहुने बताउनु भयो । उहाँले जनतालाई अधिकार दिने कुरामा कुनै कन्जुस्याँइ गर्न नहुने बताउनु भयो । उहाँले संघीयताअनुसार अधिकार दिन शिर्ष तीन दलका नेताहरुसँग आफूले आग्रह गर्ने पनि बताउनु भयो ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गरेको थियो । उपमहानगरपालिका मेयर मनोज साहले उहाँलाई नागरिक अभिनन्दन सहित मायाको चिनो दिएर स्वागत समेत गर्नुभएको थियो । यस्तै प्रतिनिधि सभा सदस्य जुली महतो र मुख्यमन्त्री सरोजकुमार यादव समेतले उहाँलाई मायाको चिनो दिई सम्मान गर्नुभएको थियो । यसअघि राष्ट्रपति पौडेलले आज बिहान जानकी मन्दिरमा विशेष पूजा अर्चना गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);