गुल्मीमा पहिरोमा पुरिएर एक मजदुरको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

गुल्मीमा पहिरोमा पुरिएर एक मजदुरको मृत्यु

गुल्मी, ८ असोज ।
गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा शेरबहादुर बेल्वासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्युठान जिल्ला गौमुखी गाउँपालिका वडानम्वर ३ निवासी १७ वर्षका डोरबहादुर घर्ती रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

पहिरोमा परेर रेसुङ्गा नगरपालिका वडानम्वर–३ निवासी घरधनी ७९ वर्षका शेरबहादुर बेल्बासे र प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर ३ निवासी २४ वर्षका टेकबहादुर घर्ती घाइते भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);