विदेशमा कोमामा पुगेका नेपालीहरूलाई मन्त्रालयले स्वदेश ल्याउँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८१, बुधवार

विदेशमा कोमामा पुगेका नेपालीहरूलाई मन्त्रालयले स्वदेश ल्याउँदै

काठमाडौँ, ८ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोमामा रहेका नेपालीहरूलाई स्वदेश ल्याउने भएको छ । वैदेशिक रोजगारीको क्रममा गम्भीर बिरामी परेर कोमामा पुगेका नेपालीहरूलाई स्वदेश ल्याउने तयारी गरेको हो ।

मन्त्रालयका अनुसार कोमामा रहेका नेपालीलाई स्वदेश फर्काएर नेपालमै कोमामा राख्ने व्यवस्था मिलाउन लागिएको हो । त्यसका लागि सम्बन्धित देशमा रहेको राजदूतावासलाई यकिन तथ्याङ्क सङ्कलन गर्न निर्देशन दिइएको छ ।

दूतावासले कोमामा रहेका बिरामीहरूको यकिन तथ्याङ्क सङ्कलन गरेपछि उनीहरूलाई सरकारले नै नेपाल ल्याउने बताइएको छ । नेपाल ल्याएपछि उनीहरूलाई नेपाली सरकारी अस्पतालमा नै उपचारको व्यवस्था मिलाउने तयारी भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);