राहत शिक्षकहरुले आज सडकमै सुतेर आन्दोलन गर्ने | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

राहत शिक्षकहरुले आज सडकमै सुतेर आन्दोलन गर्ने

काठमाडौं, ८ असोज । आन्दोलनमा रहेका राहत शिक्षकहरुले आज पनि आन्दोलन जारी राख्ने भएका छन् । राहत शिक्षकहरुले आज सडकमा सुतेर आन्दोलन जारी राख्ने भएका हुन् ।

नेपाल शिक्षक महासंघले सरकारसँग ६ बुंदे सहमति गरेर घर फर्किएसँगै राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन बनिचत भएका शिक्षकहरुले अझै आन्दोलित छन् । सो सम्झौतामा आफूहरुले उठाएका माग सम्बोधन नगरिएको भन्दै उनीहरुले आज सडकमै सुतेर आन्दोलन गर्ने भएका हुन् ।

शिक्षकहरुले सांकेतिक रुपमा मुर्दा बनेर विरोध जनाउन लागेका हुन् । दिउँसो १२ बजेतिर सडकमा आधा घण्टा लम्पसार लाश बनेर माइतीघर बानेश्वर सडक खण्डमा पल्टिने तयारी उनीहरुले गरेका छन् । सत प्रतिशत स्थायी गर्नुपर्ने राहत शिक्षकहरुको माग छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);