स्थानीय तहको निर्वाचनलाई लिएर जनता उत्साहित, उम्मेदवारहरु जनताको घरदैलोमा | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

स्थानीय तहको निर्वाचनलाई लिएर जनता उत्साहित, उम्मेदवारहरु जनताको घरदैलोमा

२१ बैशाख, काठमाडौ । स्थानीय तहको निर्वाचनको प्रारम्भ भैसकेको छ । गत मंगलबार स्थानिय तहको पहिलो चरणको निवार्चन अन्तर्गत औपचारिक रुपमै ३ वटा प्रदेशका विभिन्न ३४ जिल्लाका स्थानिय तहमा राजनीतिक दलहरुले उम्मेदवारी दिइसकेका छन् ।

स्थानीय तहको निर्वाचनलाई लिएर जनता उत्साहित

२१ बैशाख, काठमाडौ । स्थानीय तहको निर्वाचनको प्रारम्भ भैसकेको छ । गत मंगलबार स्थानिय तहको पहिलो चरणको निवार्चन अन्तर्गत औपचारिक रुपमै ३ वटा प्रदेशका विभिन्न ३४ जिल्लाका स्थानिय तहमा राजनीतिक दलहरुले उम्मेदवारी दिइसकेका छन् । झण्डै २० वर्ष पछि हुन लागेको यो निवार्चनले सिंहदरबारमा निहित प्रसाशनिक अधिकारहरु जनताको घरदैलोमा पु¥याउने छ ।

भmण्डैदुई दशक देखि स्थानिय तह जनप्रतिनिधि विहिन छ । जसका कारण पनि लामो समय देखि सर्वसाधारणलेप्रशासनिक लगायतका कामकाजमासास्ति खेप्दै आइरहेका छन् । स्थानिय तहको निवार्चन सगै सिंहदरबारमा निहित प्रशासनिक जनअधिकारहरु जनताको घरदैलोमा पुग्ने भएका छन् । यसै आशाका साथ नेपाली जनता समेत निवार्चनलाई लिएर निक्कै उत्साहित देखिन्छन् । अझ गत मंगलबार पहिलो चरणको निवार्चन अन्तर्गत औचपरिक रुपमै ३४ जिल्लाका विभिन्न स्थानिय तहका लागि राजनितिक दलहरुले उमेदवारी दर्ता गराएसगै निवार्चन हुने पक्का भएकाले जनता झनै उत्साहित भएका हुन् ।

त्यस्तै यतिबेला स्थानीय तहको निर्वाचनमा सहभागीराजनीतिक दलहरुले मतदातालाई लोभाउन र जनमत आफ्ने पक्षमा पार्नका निम्ति धमाधम विभिन्न महोत्वकांक्षी योजना सहितका घोषणा पत्र सार्वजनिक गरिरहेका छन् । तर अबयस्ता महोत्वकांक्षि घोषणा पत्रहरुमा नलोभिनेर जनताको विश्वास जित्ने भए घोषणा पत्रमा उल्लेख भए बमोजिमका काम गरेर देखाउनु पर्नेकतिपयको भनाइ छ ।

त्यस्तै सर्वसाधरणले पार्टी र व्यक्तिलाई हेरेर नभई काम गर्ने सक्षम व्यक्तिलाई मात्र आफ्नो अमुल्य मतदान दिनमतदातहरुलाई आग्रह गरेका छन् । महोत्वकांक्षी  घोषणापत्रको लैलैमा लागेर गलत व्यक्तिलाई जिताउदा ७ पुस्तालाई समेत हानि हुन सक्ने कतिपयको तर्क छ । तोकिएकै समयमा निवार्चन हुने भएपछि जनता निक्कै उत्साहित छन् । यसरीनै दोस्रो चरणको निवार्चन पनि तोकिएकै समयमा हुनु आवश्यक छ । अनि मात्र मुलुकमा वास्तविक सरकार भएको अनुभुति हुन सक्छ । 

Leave a Reply