राहत शिक्षकको आन्दोलनले सवारी आवगमनमा समस्या | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

राहत शिक्षकको आन्दोलनले सवारी आवगमनमा समस्या

काठमाडौं, ७ असोज । नेपाल शिक्षक महासंघले सरकारसँग गरेको ६ बुँदे सहमति सेलाउन नपाउँदै सहमतिलाई धोका भएको भन्दै असन्तुष्ट राहत शिक्षक संघले आन्दोलन यथावत् राखेका छन् । महासंघ र सरकारले एकलौटी ढंगबाट सहमति गरेको आरोप लगाउँदै राहत शिक्षक संघले आन्दोलनको कार्यक्रमलाई यथावत् राखेका हुन् ।

उनीहरुको अनुसार शुक्रबार भएको ६ बँुदे सहमति विभिन्न शिक्षक र कर्मचारीको हितविपरीत छ । सो सहमतीलाई नमान्ने राहत शिक्षकहरुको भनाइ छ । सबै निकायको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनीहरुले चेतावनी दिएका छन् । संघको नेतृत्वमा भएको आन्दोलनलाई विद्यालय कर्मचारी, साबिकको उच्च माध्यमिक विद्यालय शिक्षक, बाल विकास शिक्षक, नेपाल शिक्षक संघ र पेन्सनबाट वञ्चित भएका शिक्षकको समर्थन रहेको उनीहरु बताउँछन् ।

महासंघले सरकारसंग झुकेर सहमति गरेको आरोप लगाउँदै राहत शिक्षक संघले राजधानी बाहिरबाट काठमाडौं आएका कोही पनि शिक्षक नफर्केको र जिल्लाबाट अन्य शिक्षक कर्मचारी आउने क्रम जारी रहेको दाबी गरेको छ । सरकार र महासंघबीच भएको सहमतिको बुँदानम्बर २ को ट मा राहतलगायतका शिक्षकलाई स्थायी गर्न सीमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई आन्तरिकतर्फ ७५ प्रतिशत कायम गर्ने र २५ प्रतिशत सिट खुला हुने यही बुँदाको विरोधमा नेपाल राहत शिक्षक केन्द्रीय समितिले शिक्षामन्त्रीको राजीनामा माग गर्दै प्रर्दशन जारी राखेको हो ।

राहत शिक्षक संघले शनिबार माइतीघर मण्डलामा दिनभर विरोध प्रदर्शन गरेको कारण माइतीघर मण्डला क्षेत्रमा सवारी आवगमनमा अवरोध भएको थियो । आइतबार पनि सवारी आवगमनमा समस्या भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);