सरकार र शिक्षकबीच आज औपचारिक वार्ता हुँदै,दुवैपक्ष आन्तरिक छलफलमा | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

सरकार र शिक्षकबीच आज औपचारिक वार्ता हुँदै,दुवैपक्ष आन्तरिक छलफलमा

काठमाडौं, ५ असोज । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच आज औपचारिक वार्ता हुँदैछ । बुधबारदेखि आन्दोलित शिक्षकहरुलाई सरकारले वार्तामा बोलाएपछि आन्तरिक तयारीमा जुटेका हुन् ।

गृह मन्त्रालयमा बिहीबार २ पटकको वार्ता टुंगोमा नपुगेपछि आज फेरि वार्तामा बस्ने समझदारी गरिएको हो । वार्ताको नेतृत्व सरकारका तर्फबाट शिक्षा सचिव सुरेश अधिकारीले तथा महासंघ तर्फबाट भने अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदीले वार्तामा नेतृत्व गर्नुभएको छ । सरकारले शुक्रबार बिहान वार्ताका लागि पत्र पठाएको बुझिएको छ ।

बिहीबार अनौपचारिक वार्ता भएको थियो । शिक्षा मन्त्रालयले औपचारिक वार्ताका लागि पत्राचार गरेपछि आज फेरि छलफल हुने भएको हो । त्यो वार्ता समितिको निष्कर्ष मन्त्रीहरु सम्मिलित उच्चस्तरीय सरकारी टोलीमा पेस गरेर अन्तिम रुप दिइने बताइएको छ । सरकारी वार्ता टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशरण महत, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्री रेखा शर्मा र सम्बन्धित मन्त्रालयका सचिवहरु हुनुहुन्छ ।

यस्तै महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);