धनकुटाको पाख्रिवासमा कृषि क्याम्पस सञ्चालनमा आउने | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

धनकुटाको पाख्रिवासमा कृषि क्याम्पस सञ्चालनमा आउने

भीम मल्ल,२१ बैशाख धनकुटा ।
आउदो शैक्षिक सत्रवाट धनकुटाको पाख्रिवासमा कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ । गत बैसाख पाँच गते प्रधानमान्त्रि पुष्प कमल दहाल सहित बसेको बिश्व बिद्यालय सभाको बिशेष बैठकले धनकुटा सहित छ स्थानमा कृषि क्याम्पस सञ्चालनमा ल्याउने निर्णय गरे सगै धनकुटाको पाख्रिवासमा कृषि क्याम्पस सञ्चालनमा आउने

धनकुटाको पाख्रिवासमा कृषि क्याम्पस सञ्चालनमा आउने

भीम मल्ल,२१ बैशाख धनकुटा ।

आउदो शैक्षिक सत्रवाट धनकुटाको पाख्रिवासमा कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ । गत बैसाख पाँच गते प्रधानमान्त्रि पुष्प कमल दहाल सहित बसेको बिश्व बिद्यालय सभाको बिशेष बैठकले धनकुटा सहित छ स्थानमा कृषि क्याम्पस सञ्चालनमा ल्याउने निर्णय गरे सगै धनकुटाको पाख्रिवासमा कृषि क्याम्पस सञ्चालनमा आउने भएको हो । एक महिना अघि कृषि क्याम्पस सञ्चालनको अध्यान गर्न आएको प्राबिधिक टोलिले कृषि अनुसनधान केन्द्र पाख्रिबास संगै क्याम्पस सञ्चालन गर्न प्राबिधिक रुपले उपयुक्त ठहर गरको थियो ।

 

क्याम्पस सञ्चालनकालागि स्थानियले ३६ रोपनी जग्गा समेत उपलब्ध गराईसकेको धनकुटाका पुर्ब सभासद हेमराज भण्डारीले जानकारी दिनुभयो । यो बर्ष कृषि अनुसन्धान केन्द्र पाख्रिवास सगै रहेको जाल्पा देबि स्कुलमा सञ्चालन गरिने भएको छ । तर अर्को बर्षवाट भने आफ्नै भवनमा क्याम्पस सञ्चालनमा आउने तयारी भैरहेको छ ।

Leave a Reply