काठमाडौं, ३ माघ । श्रम ऐनमा व्यवस्था भए बमोजिम सेवा र सुविधा उपलब्ध गराउन माग गर्दै नर्सहरुले आज पनि राजधानीमा प्रर्दशन गरेका छन ।
मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशनमा परेका नर्सहरुलाई तत्काल पुनर्वहाली गर्न माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरुले बुधबार पनि काठमाडौंको माईतीघरबाट नयाँ बानेश्वरसम्म र्याली सहित प्रर्दशन गरेका हुन । उनीहरुले नर्सहरुको उचित व्यवस्था गर्न नर्स महाशाखानै स्थापना गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेका छन् ।
नेपालमा हाल ७४ हजार ८ सय नर्सहरु विभिन्न अस्पतालमा कार्यरत रहेको सरकारी तथ्यांक छ । तर, राज्यले उचित सेवा र सुविधा समेत नदिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन ।