काठमाडौँ, ४ असोज । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय आलोकनगरमा बोलाइएको हो ।
आजको बैठकमा असोज १४ देखि देखि सुरु हुने मेचीकाली अभियानको तयारीबारे छलफल हुने स्रोतले जनाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनबारे समेत छलफल हुनेछ ।
नेपालले जारी गरेको अपानी र त्यसमार्फत गरिएको नियुक्ति र कार्यविभाजनप्रति पनि बैठकमा छलफल हुने बताइएको छ ।