जानकी नवमी जनकपुरमा धुमधामका साथ आज मनाईदैं | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८१, आइतबार

जानकी नवमी जनकपुरमा धुमधामका साथ आज मनाईदैं

बटुकनाथ झा,२१ बैशाख ,धनुषा ।
जानकी नवमी जनकपुरमा धुमधामका साथ आज मनाईदैछ । यस अवसरमा हजारो व्यक्तिले जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा पूजा अर्चना गरेका छन् । मन्दिरको प्राङ्गणमा विहानै देखि दर्शनार्थीहरुको भीड लागेको छ ।

जानकी नवमी जनकपुरमा धुमधामका साथ आज मनाईदैं

जानकी नवमी जनकपुरमा धुमधामका साथ आज मनाईदैं बटुकनाथ झा,२१ बैशाख ,धनुषा । जानकी नवमी जनकपुरमा धुमधामका साथ आज मनाईदैछ । यस अवसरमा हजारो व्यक्तिले जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा पूजा अर्चना गरेका छन् । मन्दिरको प्राङ्गणमा विहानै देखि दर्शनार्थीहरुको भीड लागेको छ । जानकी नवमीका अवसरमा आज विहान जनकपुरको प्रसिद्ध दुधमती नदीमा सयौँको संख्यामा श्रद्धालुहरुले शाही स्नानमा सहभागी भए । विहान जानकी मंदिरबाट निस्केका साधुसन्त महन्थ लगयातका श्रद्धालुहरुले दुधमती नदीमा स्नान गरी जानकी मंदिरमा पुजा गरे ।

 

दूधमतीको पानीले जानकी माताको पूजा गरिएको छ । गाजाबाजाका साथ दूधमती नदीमा पुगेपछि नदीमा दुग्धाभिशेष पूजा समेत गरिएको छ । यो अवसरमा नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारतवाट पनि श्रद्धालु भक्तजन जनकपुर आएका छन् । दूधमती नदीमा सामूहिक स्नान समेत गरिएको छ । आजको दिनको महत्वका बारेमा बताउनु हुन्छ जानकी मंदिरका महन्थ रामतपेश्वर दास बैष्णव तर,जानकी नवमीका अवसरमा राज्य पक्षले खासै ध्यान नदिएको उहाँको गुनासो रहेको छ । आज जानकी नवमीका अवसरमा जनकपुरमा हुने कार्यक्रमहरुको बारेमा जानकारी दिदै जानकी मंदिरका उत्तराधिकारी महन्थ रामरोशन दास बैष्णवले जानकारी दिनुभयो ।

 

यता, जानकी नवमीका अवसरमा राष्ट्रिय विदा दिनुपर्ने पहिला देखि नै जनकपुरबासीले गरेको मागलाई ध्यानमा राखेर गृहमंत्रालयले स्थानिय विदाका रुपमा आज सार्वजनिक विदा दिइएको आफुलाई जानकारी भएको उत्तराधिकारी महन्थ रामरोशन दासले बताउनु भयो । विगतको भन्दा यो वर्षको जानकी नवमीमा बढी उत्साह भएको साधु नवल किशोर को भनाई छ । जानकी जीको कारण नै जनकपुरको गरिमा विश्वभर रहेको कारण यसको विकासका लागि राज्य पक्षले ध्यान दिनुपर्ने समाजसेवी राम अशिष यादवको भनाई छ । अन्य धार्मिक कामको लागि राज्य पक्षले रकम विनियनेजन गरे जस्तै जानकी नवमीलाई पर्यटकिय आकर्षणको केन्द्रका रुपमा विकास गर्न पनि राज्यले योगदान दिनुपर्ने समाजसेवी यादवको भनाई छ । त्यस्तै जानकी नवमीलाई उचित महत्व दिनुपर्ने स्थानिय सुरेश शर्माको भनाइृ छ ।

 

जानकी नवमीलाई जानकी जन्मोत्सवको रुपमा जनकपुरमा मनाउने गरिन्छ । यसैदिन त्रेता युगमा देवी जानकीको प्रार्दूभाव भएको थियो । यो दिन जनकपुरको प्रसिद्ध दुधमती नदीमा नुहाई जानकी मन्दिरमा पूजापाठ गर्दा मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ । साँझ ४ बजे जानकी मन्दिरको प्राङ्गणबाट जनकपुर नगरमा शोभा यात्रा निकालिने छ । जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवको नेतृत्वमा निकालिएको सो शोभा यात्रामा जनकपुरका विभिन्न मन्दिरका महन्थ,साधुसन्त, जनकपुरमा रहेका विभिन्न कार्यालयका प्रमुख तथा स्थानीयवासीहरुको सहभागिता रहनेछ । आजै राति जानकी मन्दिरमा संगीतमय आरती गरिने कार्यक्रम पनि राखिएको छ । संगीतमय आरतीको संयोजन सेभ हिस्टोरिकल जनकपुरले गरेको छ । जनकपुरमा जानकी नवमी, राम नवमी, झुला, विवाह पञ्चमी, राजदेवी पूजा, परिक्रमा विशेष उत्सवका साथ मनाउने गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);