बाग्मती नदिबाट एक पुरुषको राति २ बजे उद्धार | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८१, आइतबार

बाग्मती नदिबाट एक पुरुषको राति २ बजे उद्धार

काठमाडौं, ४ असोज । सशस्त्र प्रहरी बल नेपालले असोज ३ गते राती २ बजे बाग्मती नदिबाट एक ब्यक्तिको सकुशल उद्धार गरेको छ । काठमाडौको दक्षिणकाली नगरपालिका – ८ कटुवाल दह स्थित बाग्मती नदि किनारबाट सोही वडाको सिम्पानी राई टोल बस्ने ४० बर्षका रामबहादुर लामाको उद्धार गरिएको हो ।

पानीको बहाव कम भएको बेला नदि पारी गएका लामा बहाव बढेसंगै वारि आउन नसकी नदि किनारको पहरामा फसेका थिए ।

सो बारे खबर प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं। २० बिपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरूङ्गको कमाण्डमा ९ जना र सशस्त्र प्रहरी बल नेपाल नं। १८ निलबाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोस के।सी।को कमाण्डमा गएको १५ जना सहितको
सुरक्षा फौजले रातको समयमा उनको सकुसल उद्धार गरेको हो । मोटरबोट सहित गएको फौजले रोप रेस्क्यु र अन्य बिधिको प्रयोग गरि उद्धार गरेपश्चात लामालाई आफन्तको जिम्मा लगाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);