काठमाडौं, ४ असोज । सत्तारुढ नेपाली कांग्रेसले आज केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्दैछ ।
बैठकमा समसामयिक राजनीति, आन्तरिक पार्टी संरचनालगायत विषयमा छलफल हुने जनाइएको छ । बैठकमा साउन २०–३० सम्म भएको पार्टीको आन्तरिक विशेष अभियान, पोलिसी ह्याकाथन र बीपी साहित्य महोत्सवको समीक्षा हुने छ ।
कांग्रेसले भदौ ९ मा पोलिसी ह्याकाथनबाट तीन उत्कृष्ट अवधारणा छनोट गरेको थियो ।