काठमाडौं, ३ असोज । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी सजाय माफी दिँदै सरकारले प्रस्ताव गरेको ३४ जनाको आममाफी अस्विकार गरेका छन् ।
संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार ६७० जना कैदको सजाय माफी गर्नुभएको हो ।
हत्या अभियोगमा जन्मकैद सजाय पाएका २५ सहित जघन्य अपराधका दोषीलाई आममाफी दिन सरकारले गरेको प्रस्ताव राष्ट्रपति कार्यालयले रोकिदिएको छ ।
व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, काठ तस्करी, कुटपिट तथा अंगभंग, हातहतियार खरखजानालगायत कसुरमा दोषी ठहर ३४ जनालाई संविधान दिवसमा आममाफी दिन सरकारले गरेको प्रस्ताव राष्ट्रपति कार्यालयबाट रोकिएको हो ।