आर्थिक रुपान्तरण देश भित्र र बाहिर हुने नेपालीहरुको सहभागिता आवश्यकः अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

आर्थिक रुपान्तरण देश भित्र र बाहिर हुने नेपालीहरुको सहभागिता आवश्यकः अर्थमन्त्री

काठमाण्डौ, २ साउन
अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक रुपान्तरणको लागि देशभित्र र बाहिर हुने नेपालीहरुको सहभागिता आवश्यक रहेको बताउनुभएको छ । मंगलवार भक्तपुरमा गणेशमान सिंहको प्रतिक अनावरण कार्यक्रममा अर्थमन्त्री डा.महतले यस्तो बताउनुभएको हो ।

उहाँले मुलुकको अर्थतन्त्र सुधार आएको भन्दै आर्थिक उन्नती हुने सकारात्मक माहोल बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले आर्थिक विकासको सकारात्मक माहोल बनाउनको लागि आर्थिक गतिविधिमा सबै समोलन हुनपर्ने उल्लेख गर्नुभयो । उहाँले मुलुकको आर्थिक रुपान्तरणमा सहभागि हुने अभियानलाई पूर्ण आत्मविश्वासका साथ सबै पक्ष लाग्नुको विकल्प नभएको बताउनु भयो । उहाँले सरकार मुलुकमा सुशासन र लोकतान्त्रिक मूल्यमान्यतालाई स्थापना गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले गणेशमान सिंह पार्कको स्थानीय,प्रदेश र संघ सरकारको सहकार्यमा पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले पार्क निर्माणको बाँकी काममा सरकारको सहयोग रहने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);