शेखर–गगन पक्षको बैठकमा विश्व–प्रदिप सहभागी नहुने | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

शेखर–गगन पक्षको बैठकमा विश्व–प्रदिप सहभागी नहुने

काठमाडौं, २ असोज । सत्तारुढ नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला–गगन थापा पक्षका नेताहरुको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल अनुपस्थित हुने भएका छन् ।

कोइराला समुहले साढे १ बजे बस्ने गरी आफ्नो समुहको बैठक बोलाएको थियो ।

बैठकमा महामन्त्री शर्मा र पौडेललाई पनि निम्ता दिइएको थियो । बैठकमा शर्मा र पौडेले सहभागी नहुने स्रोतले जनाएको छ । पौडेल आज भ्रमणका लागि चीन जाँदैछन् ।

विश्व र प्रदीपलाई आफ्नो समुहमा भित्राउने उद्देश्यले बैठक बोलाइएको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);