राप्रपा नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

राप्रपा नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं, १ आश्विन
राप्रपा नेपालले आगामी असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको समीक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोधमा राँके जुलुस प्रदर्शन गर्ने निर्णय गरेको हो ।

बैठकमा गत भदौ २९ गते भएको विरोध प्रदर्शनको समीक्षा र भावी कार्यक्रमको बारेमा छलफल भएको थियो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले अहिले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाले मुलुकलाई संकटको दलदलमा फसाएकाले यसबाट मुक्तिका लागि सडक संघर्ष गर्नुपर्ने बताउनु भयो । यो व्यवस्था र प्रणालीले मुलुक बचाउन र बनाउन नसकिने भन्दै थापाले अब आन्दोलनबाट नै सबै अटाउने व्यवस्था ल्याउनुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);