तीज कार्यक्रममा युवाहरुबीच झगडा हुँदा एक युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

तीज कार्यक्रममा युवाहरुबीच झगडा हुँदा एक युवकको मृत्यु

काठमाडौं, १ असोज । तीजको अवसरमा आयोजित नाचगान कार्यक्रममा झगडा हुँदा पाल्पामा एक युवकको मृत्यु भएको छ ।

तिनाउ गाउँपालिका–२ को दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आइतबार राति युवकमाथि चक्कु प्रहार भएको थियो ।

गम्भिर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याइएको थियो ।

राति २ बजे नै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । महिलाहरु नाचिरहेको विषयमा युवाहरुबीच झगडा सुरु भएको र सोही विवाद बढ्दै गएर चक्कु प्रहार भएको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);