लगातारको झडपका बीच खार्तुममा सरकारी भवनमा बमबारी | ईमाउण्टेन समाचार

Our Network

पुष १८ २०८१, बिहीबार

लगातारको झडपका बीच खार्तुममा सरकारी भवनमा बमबारी

एजेन्सी, १ असोज । सुडानी सशस्त्र बल (एसएएफ) र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएप) बीचको हिंसात्मक झडप सुडानी सेनाको जनरल कमाण्डको मुख्यालय वरपर आईतवार दोस्रो दिन पनि जारी रह्यो ।

मध्य खार्तुनमा रहेको सेनाको जनरल कमाण्डको पश्चिममा रहेको सरकारी मुख्यालय र भवनहरुमा आगो लागेको हो । सुडानको सबैभन्दा ठूलो तेल कम्पनीमध्ये एक ग्रेटर नाइल पेट्रोलियम अपरेटिङ कम्पनीको टावरमा आगो लागेको देखिएको छ ।

सुडानी अथोरेटि फर स्पेसिफिकेशन एण्ड मापनमेण्टको भवनका साथै खार्तुममा रहेको सुडानी न्याय मन्त्रालयको टावरमा पनि आगो लागेको छ । सरकारी भवनहरुमा बमबारी भएको बताइएको छ । अहिलेसम्म अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रहरुमा एसएएफ र आरएसएपm बीचमा भइरहको झडपमा परी ३ हजार बढीको ज्यान गइसकेको छ भने ६ हजार बढी घाइते भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);