ब्राजिलमा विमान दुर्घटना, माछा मार्न जाँदै गरेका १४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

ब्राजिलमा विमान दुर्घटना, माछा मार्न जाँदै गरेका १४ जनाको मृत्यु

एजेन्सी, ३१ भदौ । ब्राजिलमा शनिबार भएको विमान दुर्घटनामा पाइलट र को–पाइलटसहित १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्राजिल र अमेरिकाका यात्रु रहेका छन् । सबै यात्रु बार्सिलोनामा माछा मार्न गएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् ।

यो दुर्घटना अमेजनसको राजधानी मनौसबाट करिब ४०० किलोमिटर टाढा रहेको बार्सिलोस प्रान्तमा भारतीय समय अनुसार राति ११ः३० बजे भएको हो । ब्राजिलको सिभिल डिफेन्सले सबैको मृत्यु भएको पुष्टि गरेको छ । ब्राजिलका मिडियाका अनुसार दुर्घटना हुँदा धेरै पानी परिरहेको थियो । खराब मौसमका कारण पाइलटले विमान अवतरण गर्न ल्यान्डिङ स्ट्रिप अनुमान गर्न नसकेको बताइएको छ ।

विमान अवतरण गर्दा ठूलो पानी परिरहेको थियो। पाइलटले ल्यान्डिङ स्ट्रिप देख्न नसकेर विमान दुर्घटना भएको अनुमान गरिएको छ । राष्ट्रिय नागरिक उड्डयन निकायका अनुसार १८ यात्रु क्षमताको EMB-110 नामको यो विमान मानोस ट्याक्सी एरियो नामक कम्पनीको थियो। यो विमान मनौसबाट बार्सिलोना जाँदै थियो । यो ९० मिनेटको उडान थियो। कम्पनीले पनि यो दुर्घटनाको पुष्टि गरेको छ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै यात्रु र चालक दलको सुरक्षा हाम्रो प्राथमिकता रहेको भन्दै दुर्घटनाग्रस्त विमानले नागरिक उड्डयन प्राधिकरणको मापदण्ड पूरा गरेकोमा विश्वस्त छौं । हामी यस दुर्घटनासँग सम्बन्धित कुनै पनि विवरण साझा गर्न मद्दत गर्नेछौं।

घटनास्थलबाट सबै शव निकालिएको छ । सहरमा कोल्ड स्टोरेज नभएकाले शवलाई नजिकैको स्थानीय विद्यालयमा लैजाने गरिएको छ । भारतीय समय अनुसार ब्राजिलको वायुसेनाको विमान आइतबार साँझ बार्सिलोना पुगेर सबै मृतकको शव परिवारलाई लैजानेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);