राप्ती सोनारीमा शक्तिशाली बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

राप्ती सोनारीमा शक्तिशाली बम विस्फोट

काठमाडौं,३१ भदौ । पुर्व–पश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ८ चंगाइ नाला नजिक शनिबार राती शक्तिशाली विस्फोट भएको छ । ढकेरीदेखि करिव ३ किलोमिटर पुर्बमा विष्फोट भएको हो ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता(डिएसपी) नारायण डाँगीका अनुसार शनिबार राती विष्फोट भएको हो स्थानीय बासिन्दाले आइतबार बिहान विष्फोट भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । राती विष्फोट भएपनि कति बजे भयो रु भन्नेबारे नखुलेको डिएसपी डाँगीले बताए ।

विस्फोटबाट कुनै मानवीय क्षति नभएपनि सडकको एक तर्फको भाग भत्केको प्रहरीले जनाएको छ । घटनास्थलमा खिया लागेका तार लगायतका टुक्राहरु फेला परेको डाँगीले बताए । ’घटनास्थलको अवस्था हेर्दा सडक मुनि विछ्याइएको द्वन्द्वकालिन विष्फोट पदार्थ अहिले आएर विष्फोट भएको हुन सक्ने हाम्रो आशंका छ, यस विषयमा अनुसन्धान भईरहेको छ,’ उनले भने । विष्फोटपछि नेपाली सेना पुगेर पनि अनुसन्धान गरेको जानकारी दिए ।

तत्कालिन सशस्त्र द्वन्द्वको समयमा पुर्ब–पश्चिम राजमार्गको कोहलपुर–लमही खण्डमा बिद्रोही माओवादीले थुप्रै ठाउँमा माईन विष्फोट गराएको थियो । उक्त सडक खण्डको खैरी खोला नजिक राजमार्गमा बम विष्फोट हुँदा गाडीमा सवार थुप्रै सशस्त्र प्रहरी मारिएका थिए ।उक्त समयमा तत्कालीन सेनाले सडकको बिच भागमा विछ्याइएका थुप्रै ठाउँका माइनहरु निष्क्रिय पारेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);