एजेन्सी, ३१ भदौ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आवश्यक परे टर्की युरोपियन युनियन (इयु) बाट अलग हुनसक्ने बताउनुभएको छ ।
उहाँले आफूहरु आवश्यक परेमा युरोपेली ब्लकमा सामेल हुने प्रयास अन्त्य गर्ने बताउनुभएको हो । उहाँले युरोपियन युनियनले टर्कीसँग सम्बन्ध टुटाउन प्रयास गरिरहेको भन्दै आवश्यक भए यसमा मूल्यांकन गरेर आफूहरु इयुबाट अलग हुने बताउनु भयो । संयुक्त राष्ट्रसंघको वार्षिक महासभामा भग लिन न्युयोर्क प्रस्थान गर्नुपूर्व इस्तानाबुलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले टर्कीले युरोपेली संसदले अपनाएको हालै सार्वजनिक प्रतिवेदन आफैँ मूल्यांकन गर्ने बताउनु भयो ।
इयुले कानूनको मस्यौदा मात्रैले नपुग्ने भन्दै मस्यौदाको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनु भयो ।