बिमल जैरु ||
डडेल्धुरा, २९ भाद्र
डडेल्धुराको रातोगुरांस रिसोर्ट नजिकै लागु औषध (चरेश) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको अमरगढी नगरपालिका–८ रातोगुरांस रिसोर्ट नजिक सडक खण्डमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बझाङको बुंगल नगरपालिका वडा नं. ११ कोमलपुर बस्ने बर्ष ३५ का धनबहादुर बोहराको शरिर खानतलासी गर्दा निजले पिठ्यूंमा भिरेको कालो झोला शंकास्पद रुपमा पैदल हिडिरहेको अवस्थामा प्रहरीले चेक जाच गर्दा झोला भित्र तिन वटा प्लाष्टिकको पोका बनाई लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध चरेश जस्तो देखिने कालो पदार्थ प्लाष्टिक सहित ३.८४० किलो ग्राम फेला पारेको जिल्ला प्रहरी कार्यलय डडेल्धुराले जनाएको छ ।
निजको साथबाट दुई थान मोबाईल र २३ हजार ५ सय ३० रुपैँयासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । धनबहादुर बोहरालाई ५ दिन म्याद थप गरि अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय डडेल्धुराले जनाएको छ ।




